Fursad Times आइतबार, साउन १५, २०७९

भक्तपुर – सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीज गीत ‘छम्म छम्म नाचौं न’ सार्वजनिक भएको छ । उक्त तीज गीतमा शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत र एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईंलगायतले गीत सार्वजनिक गरे ।

रोशन बुढाथोकीको कोरियोग्राफी रहेको सो गीतको भिडियोमा सात दिदी बहिनीको कथा बुनिएको छ । भिडियोमा सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, रश्मी भट्ट,  आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकार फिचर्ड छन् । भिडियोमा राहुल राईको छायांकन, नरेश खरेलको श्रृंगार र विष्णु शर्माको सम्पादन छ । भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।