Fursad Times सोमबार, साउन ०९, २०७९

भक्तपुर – प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सार्वजनिक कार्यक्रम स्थलमै नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेता प्रधानमन्त्री देउवाले सम्बोधन गर्नै लाग्दा उनीविरुद्ध नाराबाजी भएको हो ।

नागरिकता विधेयक तथा एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी समेत गरेका थिए । प्लेकार्ड सहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाउँदै युवाहरु उनको विरोधमा उत्रिएका हुन् । प्रधानमन्त्री देउवा विरुद्ध नाराबाजी लगाएको आरोपमा तीनजना पक्राउ परे पनि उनीहरुको परिचय खुलाइएको छैन ।