Fursad Times सोमबार, साउन ०९, २०७९

साउन ९ , भक्तपुर । चितवनमा श्रीमतीको हत्या गरि श्रीमान्ले आफैले पनि आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान ४३ बर्षका कृष्णप्रसाद आचार्यले खुकुरीले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । घरमा बसेर मोबाईल हेरिरहेको समयमा राति १०:२५ वजे पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनलाई पुरानो मेडिकल कलेज लगिएको थियो भने राति १०:४० बजे नै उनलाई मृत घोषणा गरिएको थियो । श्रीमतीको हत्या गरेपछि भाग्नको लागि घरको छतमा पुगी हाम फल्ने क्रममा श्रीमान कृष्णप्रसाद आचार्यकाे पनि ज्यान गएकाे छ । ३ तला माथी बाट हाम फाल्दा गम्भिर घाईते भई उपचारको लागी नयाँ मेडिकल लगिएको भएता पनि उपचारको क्रममा उनको पनि मृत्यो भएको हो । कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए । शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ ।