Fursad Times बुधबार, साउन ०४, २०७९

भक्तपुर विश्व बजारमा फिल्म चलाउनका लागि कलाकार देखी सो फिल्ममा जोदिएका हर कोहिले अनेक हतकण्डा अपनाउँछन् । विवादका कारण कैयौ फिल्मले बक्स अफिसमा तहल्का मच्चाएका उदाहरणहरु पनि धेरै छन । फिल्म राम्रो भयो भने चल्छ भन्ने तर्क हिजोआज खुबै सुनिएता पनि फिल्म राम्रो भएर पनि नचलेका कैयौं उदाहरण हेर्न नेपाली बजारलाई नियाल्न सकिन्छ ।

आफ्नो फिल्म चलाउनक लागि भए पनि नेपाली कलाकारहरु विवाद निकाल्न खुबै सिपालु छन् । फिल्मका लागि नायक–नायिकाको प्रेम चर्चादेखि रोनाधोना, आरोप–प्रत्यारोप त सामान्य नै भैसकेको छ भन्दा फरक नपर्ला । यस्तैमा नायक प्रदीप खड्काले मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा फिल्म कन्ट्रोभर्सीले नचल्ने बताए । अरुले रोएर फिल्म चलाउँछन् भने आफूले हाँसेरै चलाउने उनको तर्क दिदैं नायिका पुजा शर्मालाई व्यंग हानेका प्रदिपले फिल्म चलाउनका लागि गरेका कन्ट्रोभर्सीको सूची पनि कम छैन । फिल्म ‘प्रेमगीत’पछि फिल्म क्षेत्रमा उदाएका प्रदीपले निर्देशकसँग विवाद, नायिकासँग झगडा र प्रेमका कैयौं उदाहरण पेश गरिसकेका छन् ।

फिल्म ‘लिलिबिली’को पत्रकार सम्मेलनमा प्रदीपका लागि ४ जना विदेशी बडिगार्डको नै व्यवस्था हुँदा यसले ठूलै हंगामा मच्चायो । जसले गर्दा फिल्मलाई कही नै कही फाइदा भयो । फिल्म ‘लिलिबिली र लभ स्टेशन’मा काम गर्दा प्रदीप र नायिका जसिता गुरुङको प्रेम चर्चा खुबै चल्यो । तर, फिल्ममा काम गरुन्जेल भने उनीहरुले प्रेमको चर्चालाई सेलाउन दिएनन् । आज यी दुइको सम्बन्ध आज चिसिएको छ ।

फिल्म ‘प्रेमगीत’को रिलिजपछि प्रदीपको सम्बन्ध निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मासँग बिग्रियो जसका कारण पुजा, प्रदिप र सुदर्शनले आजसम्म एकसाथ काम गरेका छैनन् । फिल्म ‘लिलिबिली’मा काम गरेपछि उनको सम्बन्ध निर्देशक मिलन चाम्ससँग पनि पानी बाराबारको अवस्थामा पुग्यो । यसपछि, यी दुइले पनि एकसाथ काम गरेका छैनन् ।

फिल्म ‘लभ स्टेशन’लाई एक टर्कीस पुरै कपीको आरोप लागेपछि प्रदीपले समीक्षकलाई एक सातापछि मात्र फिल्मको समीक्षा गर्न सुझाव दिदा त्यसले विवाद खडा गरेको थियो । फिल्म ‘प्रकाश’कै ट्रेलर रिलिजको समयमा प्रदीपका फ्यानको ठूलो भीड हलमा देखियो । हलमा फ्यान जम्मा गरेर प्रदीपले आफ्नो स्टारडम देखाउन मात्र खोजेनन्, फिल्मलाई उचाईमा ल्याउनका लागि राम्रै योजना पनि बनाएको देखियो । फिल्म चलाउनका लागि प्रदीपले पनि थुप्रै स्क्याण्डलहरु मच्चाएका छन। उनले, अब ‘प्रकाश र प्रेमगीत ३’का लागि के कस्तो योजना बुनेका छन्, त्यो बिस्तारै खुल्दै जाला

https://youtu.be/FjzStyROHtY