Fursad Times सोमबार, साउन ०२, २०७९

भक्तपुर – नायक प्रदिप खड्काले ३ बर्षपछि दर्शकमाझ एक महिनाको अन्तरमा २ वटा फिल्म लिएर आउँदै छन। यसरु िएक महिनाको अन्तरमा लगातार २ फिल्म आउनु कलाकारको हिसाबले सुखद मान्न सकिदैन । किनकी, कुनै पनि कलाकार यति छोटो अन्तरमा आफ्नो फिल्म रिलिज होस् भन्ने चाहदैन । फिल्म चलाउन कलाकारको सोचले मात्र नहुने भएकाले यस्तो समस्या धेरै कलाकारहरुले भोग्ने गरेका छन् ।

यस्तैमा नायक प्रदीप खड्का अभिनित बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ दशैंको छेको पारेर असोजको ७ गतेबाट रिलिज हुँदैछ । भारतमा चलाउनकै लागि हिन्दी भाषामा समेत डबिङ गरिएको फिल्मलाई लिएर निर्माणपक्ष उत्साहित छ । प्रदर्शनको मिति नजिकिदैं गर्दा यो फिल्मलाई लिएर नायक प्रदीप खड्का सबैभन्दा बढी उत्साहित छन् । उत्साहित हुँदै प्रदिपले ‘प्रेमगीत ३’ले २३ करोड भन्दा बढीको ग्रस कलेक्शन गर्दै ‘कबड्डी ४’को रेकर्ड ब्रेक गर्ने दाबी गरेका छन् । त्यस्तै प्रदीपले भदौको १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’ले भने उनका अघिल्ला फिल्मको रेकर्ड ब्रेक गर्ने दाबी समेत गरेका छन् । यो प्रदीपको आत्मविश्वास हो या महत्वकांक्षा त्यो फिल्म चलेपछि थाहा हुन्छ । तर, यी दुबै फिल्मबाट प्रदीप निक्कै आशावादी रहेको वुझ्न सकिन्छ ।

 

https://youtu.be/1lV_RxJ69ZY