Fursad Times शुक्रबार, आषाढ ३१, २०७९

भक्तपुर नायक विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘प्रसाद २’को छायांकन नै सुरु हुनु अवागै रोकिएको छ । फिल्मका सम्पुर्ण कलाकारहरुले ल्वाङमा २ सातासम्म वर्कशप गरेर पनि यो फिल्मको टिमले काम अगाडि बढाउन सकेन र ल्वाङबाट फर्कियो । नायक विपिन कार्कीलाई फिल्मको छायांकन सुरु हुन नसक्नुको मुख्य कारण मानिएको छ । नायक कार्कीले स्टोरी बोर्ड मागेको र पारिश्रमिकको बिषय रहेको खबरहरु सार्वजजिनक भैरहेका छन् ।

यसैविच, पारिश्रमिकको सुनिश्चितता नभएको र निर्देशक सुदर्शन थापासँग ट्यूनिङ मिल्न नसकेको कारण फिल्मको काम अगाडि बढ्न नसकेका नयाक कार्कीले बताएका छन् । १७ दिन ल्वाङमा बस्दा निर्देशकसँग स्क्रिप्टको बिषयमा एक दिन मात्र छलफल भएको कुरा विपिनले बताएका छन । हामीलाई फिल्मको छायांकन सुरु हुनु अगाडि नै पूर्ण पारिश्रमिक दिने बताइएको थियो तर, पारिश्रमिक दिने कुरा त कता हो कता, निर्माता र प्रोडक्शन हाउस नै परिवर्तन भयो ’बिपिनले भने ।

विपिनले आफूले निर्देशक थापासँग सट ब्रेक मागेको तर निर्देशकले आफ्नो करिअरमा कुनै पनि कलाकारले नमागेको बताएको विपिनले जानकारी दिए । फिल्मलाई फाइदा हुने कुरा गर्दा निर्देशकको जवाफ आफूलाई पाच्य नभएको पनि विपिनको भनाई छ ।

विपिनले फिल्मको काम सेड्यूलमा नहुँदा अन्य निर्माता र फिल्मका लागि दिएको समय समेत विग्रिने बताएका छन् । उनले, ‘प्रसाद २’को काम अब कहिले अगाडि बढ्छ भन्ने आफूलाई थाहा नभएको र पारिश्रमिकदेखि हरेक कुराका सुनिश्चितता नभएसम्म काम नगर्ने पनि बताएका छन् ।