Fursad Times शुक्रबार, आषाढ २४, २०७९

भक्तपुर । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारामा सडकमा भाषण दिने क्रममा गोलि प्रहार भएको छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा बेहोस छन् । शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले शिन्जो आबेलाई पछाडिबाट गोली हानेको बताएको छ । सिन्जो आबेलाई घाइते अवस्थामा नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । एनएचकेको रिपोर्ट अनुसार गोली लागेपछि रगत बगेको थियो। गोली लागेपछि उनलाई हृदयघात भएको पनि चर्चा छ ।