Fursad Times बुधबार, आषाढ २२, २०७९

भक्तपुर – चौतर्फी रुपमा विवाद भए पछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मा माथी बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप छ। शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’