Fursad Times बुधबार, आषाढ २२, २०७९

भक्तपुर – इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।