Fursad Times आइतबार, आषाढ १९, २०७९

नेपाली सुगम गीत तथा चलचित्रका गीतहरुमा आफनो छुुटटै पहिचान बनाउन सफल गीतकार शंकर अधिकारी घायल ले जिवनको धेरै कालखण्डमा आफनो सिर्जनाले साहित्य तथा कला यात्राको समुद्रलाई पानीका थोपाहरुले अजुलीमा थापेर गीत संगीतको क्षेत्रमा आफनो बेग्लै जिवनयात्रा बनाउन सफल भएका छन । बाल्यकाल मा रेडियोमा बज्ने गीत संगीतको धुन सगँ हातेमालो गदैँ गीत संगीतलाई नै आफनो जिवनको अमुल्य सम्पतीको रुपमा करिव ४ दशक विताउनु बास्तबमै त्याग र समर्पण र कला प्र्रतिको आस्था र भरोसा भित्र पर्दछ ।
२०२४ साल मङ्सिर १५ गते सुनसरी को झुम्का मा माता राधादेबी र पिता गोपाल अधिकारी बाट जन्मीएका उनी आफनो बालापन बाटनै संगीत साधनामा लाग्नुपर्छ भन्ने आफनो चाहना भएको उनी सुनाउछन । सामान्य परिवारमा जन्मिएको एक किसानको छोरो भएकाले पनी आफुलाई आफनो चाहनालाई पुरा गर्नको लागी सुरुवाति दिनमा निकै पिडाको अवस्था भोग्नुपरेको उनी विगत  सम्झन्छन । झुम्का स्थित भा सि मा बि बाट माद्यामिक शिक्षा उतिर्ण गरे पछि आफना सिर्जनालाई आम दर्शक तथा स्रोता माझमा पस्कनको लागी कलिलो किशोर अवस्थामा काठमान्डौ तिर हानिएको उनी बताउछन ।
बलापनको चञ्चलता र काठमान्डौँ कस्तो होला भन्ने कौहुहलताको कारण उनी पहिलो पटक काठमान्डौँ आएको पललाई कहिले पनी भुल्दैनन ् । सामान्य परिवारको मान्छे असिमित चाहना र आर्थिक अभावको कारणले आफनो अनेकौ सिर्जनाहरु दराजमा नै थन्काउनु परेको अवस्था पनी थियो उनी विगतको  तितो वास्तविकतालाई यसरी सम्झन्छन । जस्तो सुकै अभावले पनी मलाई साहित्य र गीत प्रति निरुसाहित बनाएन ।
पशुपती चाबहिल कयाम्पस मा आइ ए सम्म अध्यनगर्दा देखी नै उनी साहित्यको  कथा लघु कथा लेख्न पुगे । कथा  लेख्दै रेडियो नेपाल बाट प्रसारण हुने लोकप्रिय गीति कथा लेख्नको लागी पुगे । हिडदै गरेका पाइलालाई  मोडिए मैदान चलचित्र मा गीत लेखे पछि पुर्न रूपमा गीतकार सक्रियको रुपमा उनी निरन्तर लागी रहे । पहिलो सफल  चलचित्र दादागिरी को तिम्रो आखामा बस्ने रहर भो मलाई अनि मेरि बास्सै को शिर्ष गीत सफल भए पछी क्रमश ,खलनायक, नासिब आफ्नो , लक हुँदै अन्दाज को सिम्पल सिम्पल कान्छि को डिम्पल पर्ने गाला सफल भए संगै चलचित्र लेखन मा सक्रिय पहिलो चलचित्र लभ इज लाइफ लेखे पछी भोजपुरी इ कैसन बौछार तामाङ मुवि जाथेवा अर्थात जेठो छोरा लेखे पछी करिब घट तामाङ मुवि लेखन सबै गरेर टघ चलचित्र लेखन म्युजिक भिडियो निर्देशन गर्दै पहिलो मुवि बाबू बलामी संगै जोइन्ट मा निर्देशन पछी मदहोस, सत्यम शिवम सुब्दरम अहिले सम्पादन मा अनि काचुली लवजोन मेरो दिल छ पोखरामा लेखन र निर्देशन संगै रिलिज अब दानराज, प्रतिशोध , प्रेम पुजारी र तक्दिर चलचित्र को लेखन निर्देशन सहित छायांकन को तयारीमा  रहेका छन । उनी भन्छन गीत लेख्दा लेख्दै को अवस्थामा नै मृत्युको संसारमा रुमलिन मन लागेको छ ।