Fursad Times शुक्रबार, आषाढ १७, २०७९

भक्तपुर – काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । उपत्यकामा केही बर्ढ देखि सडक तथा सार्वजनिक स्थानहरुमा साधु, सन्त, जोगी वा भिक्षुहरुको भिक्षा माग्नेको संख्या बढदै गएको छ । साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ । साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । त्यस्तै असहाय, बिरामी, बेवारिसे, अशक्त व्यक्तिको नाममा पनि सडकमा भीक माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

१० दिनभित्रमा उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही गरिने महानगरले सूचनामामार्फत जनाएको छ ।