Fursad Times बिहिबार, आषाढ १६, २०७९

भक्तपुर – अहिले नेपाली चलचित्रहरु मेकरहरुले पनि सामाजिक कथाबस्तुहरुलाई समेटन थालेका छन । यस्तैमा जारी प्रथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘बुलाकी’ले एक पोस्टर सार्वजनिक गर्दै कात्तिक १८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा फिल्मका प्रमुख तीन पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई कर्णाली लुक्समा देख्न सकिन्छ । लक्ष्मण सुनारको निर्देशन तयार भएको फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वं. मोति बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो । छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् । फिल्मको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सघाएका छन् । गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल, सुविन सेन्चुरी र बादल थापाको संगीत रहेको फिल्मलाई काठमाडौंभित्र बिके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।