Fursad Times शुक्रबार, आषाढ १०, २०७९

भक्तपुर। २०७९ असार १० शुक्रबार । जुन महिनाको २४ तारिक २०२२ । आषाढकृष्णपक्ष योगिनी एकादशी । एकादशीको दिन व्रत गर्नेहरूले अन्न खादैनन् । बिहान १०ः२३ देखि १२ः०७ सम्मको समयमा राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहुन अनुरोध छ । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ । शुक्रबार पारिवारिक मनोरन्जनात्मक कार्यमा समय खर्च गर्दा उपयुक्त दिन मानिन्छ ।

मेष ः– मेष राशि भएकाले आज नजिकको शिवालय यात्रा गर्दा मनमा खुसियाली छाउनेछ । तपाईको आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । आज सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

वृष ः– आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । सकारात्मक हुन जरुरी छ । व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसी हुनुहुनेछ । आजको दिन तपाई मौन रहनु उत्तम हुनेछ ।

मिथुन ः– आज तपाईको मनमा निराशा पन उत्पन्न हुनसक्छ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ ।

कर्कट ः– आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले आजको दिन कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन शुभ छ । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला ।

सिंह ः– यदि खाज तपाई यात्रा गर्ने सोचमा हुनुहुन्छ भने यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला ।आजको दिन परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त भएता पनि परिवारका सदस्यले अनावश्यक आरोपसमेत लगाउन सक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।

कन्या ः– कन्या राशिका जातकका लागि आज स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन तपाईको आफन्तसँग सम्बन्ध विग्रन सक्छ । आज आम्दानीको धनी राशिबाट महिला र बृद्ध माताहरुलाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

तुला ः– कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कार्यमूलक यात्रा हुनेछ । आज तपाईले आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक ः– वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।

धनु ः– आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । धनु राशि भएका जातका लागि ग्रहहरु बलिया भएका छन् । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।

मकर ः– तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । आजको दिन लक्ष्मी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ ।

 

कुम्भ ः– शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला ।

मीन ः– कारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ ।