Fursad Times बिहिबार, आषाढ ०९, २०७९

भक्तपुर – भदौ ३१ गतेबाट रिलिज हुन लागेको मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुकको थिम पोष्टर सार्वजनिक गरेको । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो । एक्सन–थ्रिलरको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । यो फिल्मको भिडन्त सोही मितिमा आउने अर्को फिल्म ‘बाबरी’सँग हुने भएको छ ।

सार्वजनिक पोस्टरमा लाखे नाँच नाच्दा लगाइने मुकुन्डो लगाएका चार जना व्यक्तिहरूको पछाडि अर्पन थापा पनि पोस्टरमा अटाएका छन्। सिजन अर्याल र जिएम ठकुरीको निर्माण रहेको फिलमको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निर्माता सिजन अर्यालको कथा, आकाश बरालको पटकथा तथा संवाद रहेको छ ।

सुसन प्रजापतिको छायाँकन, निर्देशक बस्नेतकै द्धन्द्ध, अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । महंगो बजेटमा निर्माण गरिएको भनिएको फिल्मलाई निर्देशक बस्नेतले स्तरीय बनाउन कुनै कसर बाँकी नराखिएको दाबी गरेका छन् ।