Fursad Times बिहिबार, आषाढ ०९, २०७९

भक्तपुर – अर्घाखाँचीमा नाबालिक बालिकालाई फकाई यौ न क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन । नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

नाताले हजुरआमा पर्ने महिलाको घर र जगंलमा १४ वर्षिय बालिकालाई चाउचाउ, बिष्कुट खुवाउने लोभमा जवरजस्ती करणी गर्ने न्यौपाने र करणी गर्न मिलाए वापत युवकसँग महिलाले पैसा लिने गरेको भनि उजुरी परे पछि दुबैलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार र जवरजस्ती करणी कसुरको मुद्दा दर्ता गरि ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://youtu.be/VqiAnbgjU3Y