Fursad Times बुधबार, आषाढ ०८, २०७९

  भक्तपुर- मंगलबार लामिछानेले घोषणा गरेको दल स्वतन्त्र राष्ट्रिय पार्टीको नाममा ‘स्वतन्त्र’ राखिएपछि राजनीतिकर्मी तथा अधिकांश स्वतन्त्र ब्यक्तित्वहरुले उनको आलोचना गरेका हुन्।
। रवि लामिछाने राजनीतिमा आएसंगै जनता दुई पक्षमा बाँडिएका छन । कतिले उनको सार्थन गरेका छन भने कतिले उनको आलोचना गरेका छन । अब देशले नयाँ काँचुली फेर्नेमा धेरैले विश्वास गरेका छन भने कतिले रवि लामिछानेले सञ्चारकर्मी भएर कमाएको नाम सकिने भयो भनेर समेत भन्न थालेका छन ।

नयाँ दल र चुनाव चिन्ह सहित राजनीतिमा होमिएका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले आम मानिसको स्वतन्त्रता माथि ठाडो हस्तक्षप गरेको आरोप लागेको छ । स्वतन्त्र भन्ने शब्द स्वतन्त्र भएको र स्वतन्त्र शब्दको प्रयोग गरेर पार्टी गठन गरिने काम कानुन विपरीत भएको ले नै सो शब्दको नाममा कुनै पनि राजनीतिक दल दर्ता गर्न नहुने आवाज उठेको छ । हरेक नागरिकले आफू स्वतन्त्र हुँ भन्न पाउने अधिकार हुन्छ । तर त्यहि स्वतन्त्र भन्ने शब्दमै राजनीतिक दल दर्ता भएमा नागरिकले स्वतन्त्र भन्न पाउने अधिकार गुम्ने हुन्छ ।

स्वतन्त्र भन्ने शब्द आफैंमा कसैप्रति संलग्न नभएको भनेर बुझिन्छ। अर्थात् राजनीतिको हिसाबमा भन्दा कुनै दलमा आवद्धता नभएको भनेर बुझिन्छ । त्यसैले । रवि लामिछानेले आफ्नो दलको नाम स्वतन्त्र राष्ट्रिय पार्टी राख्दा स्वतन्त्र ब्यक्तिहरुले स्वतन्त्र हुन पाउनेको अधिकार समेत हनन् गरिएको भन्दै अब नेपालमा कोही पनि स्वतन्त्र हुन नपाउने भए भन्दै उनको आलोचना गरेका छन् । केहि समय अगाडी भएको स्थानिय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदार बनेर निर्वाचित भएको देखेर यही ‘सेन्टिमेन्ट’लाई ‘क्याच’ गर्न उनले पार्टीमा स्वतन्त्र थपिएको भनेर आरोप लागेको ।

एमाले नेता सुर्य थापाले रविको पार्टीको नामले स्वतन्त्र उम्मेदवार या ब्यक्तिको अधिकार हनन् गरेको आरोप लगाएका छन्। थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै ‘कानुनतःस्वतन्त्र उम्मेदवारी ब्यक्तिको सार्वभौम अधिकार हो। ब्यक्तिले दलमा लाग्दिन भनेर स्वतन्त्ररुपमा निर्वाचन लड्न र जितन पाउने गरि कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुन विपरित हो। स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अनयौल उत्पन्न हुने गरि कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नु हुँदैन।’

यस्तै पूर्वमन्त्री तथा माओवादी नेता लोकेन्द्र विष्टले लामिछानेले लेखेका छन्, ‘पार्टी पनि स्वतन्त्र रु?’

पार्टीले निर्दिष्ट गरेको बिचार र सिद्धान्तलाई अंगीकार गर्ने सदस्यहरुको संस्थागत संरचना नै संगठन अर्थात पार्टी भएको उनको आशय छ।