Fursad Times बुधबार, आषाढ ०८, २०७९

भक्तपुर – मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । सो छलफलमा उनले माओवादीले १० बर्ष युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए ।

देश १० बर्षे लामो हिंसामा फस्यो, केका लागि ? कसका विरुद्ध ? के प्राप्तिका लागि भन्न्ने अझै टुंगोमा पुगेको छैन,’ साथै ओलीले भने, ‘गणतन्त्रका लागि थियो भने आखिर किन देशमा गणतन्त्र नआई नटुंगियो । २०६३ सालमा त गणतन्त्र त आएको थिएन । गणतन्त्र घोषणा गरिदिन्छु भनेर कसैसँग सम्झौता पनि भएको थिएन । आखिर त्यो सब हिंसा केका लागि थियो ?’

यदि सो समय पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भए पनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको भन्दै उनले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूलपरिवर्तन गर्न सकिने बताए ।