Fursad Times मंगलबार, आषाढ ०७, २०७९

भक्तपुर – नयाँ राजनीतिक दल “राष्ट्रिय स्वतन्त्र पार्टी” दर्ताका लागि रवि लामिछानेले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज राष्ट्रिय सभा गृहमा दिउँसो नयाँ दल “राष्ट्रिय स्वतन्त्र पार्टी”को घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निर्वाचन आयोगमा निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । आफुहरु एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबसी सिंगो र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।

सञ्चारकर्मीसंग बोल्दैमा उनले अब आउने निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।