Fursad Times मंगलबार, आषाढ ०७, २०७९

भक्तपुर – सरकारले अमेरिकाको (एसपीपी) स्टेट पार्टनरसिप प्रोग्राम अस्वीकार गर्ने निर्णय गरेको छ । नेपालमा चर्को विरोध भएपछीन एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गर्दै सोमबार मन्त्रिपरिषद् बैठक बसेर अमेरिकालाई पत्र लेखेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकाको भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुनसक्ने भन्दै यसको चर्को विरोध भै रहेको बेला सरकारले पत्र लेख्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष नेकपा एमाले सहित सत्ता गठबन्धनका वामपन्थी सहितका दलहरुले एसपिपी अस्वीकार गर्न दबाब दिएका थिए । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले एसपिपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ ।

 

https://youtu.be/ypDDpZ9Sfa4