Fursad Times आइतबार, आषाढ ०५, २०७९

भक्तपुर – नेकपा एमालेका नेता तथा व्यबसायी दुर्गा प्रसाईलाई शनिबार झापा नै पुगेर भेटेका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको पाइएको छ । सुनको नै लौरो उपहार लिएर लिएर दुबईबाट प्रसाईलाइ भेट्न आएका दुबैइका राजकुमार भनिएका व्यक्ती असलमा दुबैईका राजकुमार नभएको पाइएपछि अहिले प्रसाई समेत तनावमा आएका छन् । दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै शनिबार सञ्चारमाध्यममा समाचार आएता पनि उक्त समाचार झुटो भएको पाइएको छ । दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने भएता पनि ति ब्यक्ति आउँदा कुनै जानकारी नै नभएको र सर्वसाधारण झैँ यात्रु विमानबाट काठमाडौँको विमानस्थलमा उत्रिएका थिए ।

काठमाडौँ अवतरण गरे लगतै झापा हानिएका ति बयक्ति दुबईका अधिराजकुमार चाहिँ हुन्, असली राजकुमार नेपाल भ्रमणमा आएकै रहेनछन् झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने । बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाए लगत्तै नेपालमा खल्लबल्ल मच्चियो । चर्चासँगै यसले देशको सुरक्षा संयन्त्रभित्र तरङ्ग नै उत्पन्न गर्यो । तर अहिले आएर यी सबै समाचार झुटो भनिएको छ