Fursad Times आइतबार, आषाढ ०५, २०७९

भक्तपुर – संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुम ला माक्तुम आफ्नो तीन दिने भ्रमनमा आएका छ । उनले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार स्वरुप ‘सुनको लौरो’ दिएका थिए । अहिले सो उपहारको बारेको रहस्यको खोजी हुँदैछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईका अनुसार राजकुमार जुमाले ल्याएको सो सुनको लौरो बारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए।

उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।”

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने नियम रहेको उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेक-जाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए। लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनभिज्ञ छ। यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ।