Fursad Times शुक्रबार, आषाढ ०३, २०७९

भक्तपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर आलेले अपशब्द बोलेको अडियो बाहिर आएपछि नेपालले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए । पत्रकार ऋषि धमलासँग रिपोर्टर्स नेपाल डठकमको लागि कुरा गर्दै अध्यक्ष नेपालले भने–‘मन्त्रीको यस्तो अडियो बाहिर आएपछि मैले उहाँलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छु, यो शोभनीय कुरा भएन ।’ मन्त्री आले पटक पटक विवादमा मुछिएका छन् ।

यसअघि पनि मन्त्री आलेले भारतमा बस्दै आएका एक नेपालीलाई फेसबुक मेसेन्जर मार्फत गालीगलौज गरेको अडियो बाहिर आएर विवादमा परेका थिए भने अहिओए पनि मन्त्री प्रेम आलेले निगमका अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात समेत गरेको समाचार आज अन्नपूर्ण पोष्टले लेखेको छ ।