Fursad Times बुधबार, आषाढ १७, २०७७

भक्तपुर: पछिल्लो समयमा दर्शक स्रोताको सामु चर्चित गीत पस्किसकेका गायक तथा सर्जक प्रशान्त पौडेलको नयाँ गीत सार्वजनिक भएको छ।

सार्वजनिक “डाँडैको चौतारीमा” बोलको गीतमा शब्द,संगीत तथा स्वर प्रशान्तकै रहेको छ। वियोगान्त प्रेम कथामा आधारित गीतलाई प्रशान्तले कारुनिक शब्दले सिंगारेका छन् । गीत सुन्दा जोकोहीको मन भावुक हुने गर्छ।

गीतको भाव अनुसार भिडियो पनि त्यतिकै मन छुने बनाइएको छ। भिडियोमा दिपसन परियार र अन्जु निरौला फिचर्ड छन् । भिडियोमा दिपसनले जीवन्त अभिनय गरेका छन् । उनको अभिनयले भिडियो हेर्ने जोकोहीको मन छुने गर्छ। उनले गीतलाई न्याय दिई उत्कृष्ट अभिनय गरेका छन् ।

भिडियोलाई प्रशान्तले नै निर्देशन गरेका हुन् ।चक्र बि बरालले खिचेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियो गोरेटो इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुस् भिडियो…