Fursad Times मंगलबार, आषाढ १६, २०७७

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १६ गते मंगलबार इश्वी सन २०२० जुन ३० तारीख आषाढ शुक्लपक्ष दशमी तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र शिव योग तैतिल करण चन्द्रंमा तुला राशिमा आनन्दादि योगमा ध्वांक्ष योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मन्वादि (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ भने आज तपाइको जीवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।
मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ भने हरेक कुरामा सहि निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिस्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । आर्थीक अभावको सम्भाबना रहेकोले तनवपूर्ण स्थिती सृर्जना होला । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । परिवारका सदस्यहरुबाट टाढा टाढिनु पर्ने छ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन भने आज तपाइको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ भएकाले सजक रहनुहोला । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान्यजनहरुको साथ सहयोगमा अधुरा काम्हरु बन्नेछ भने आज तपाइको स्थीर क्षेत्रमा लगानि गरेमा उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । आम्दानि मध्यम रहने समय रहेकोछ भने स्वास्थको समस्याले सताउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शारीरिक आलस्यताले सताउन सक्नेछ भने आज तपाइले लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । तपाइले गरीरहेको काममा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । तपाइले बिश्वास गरेका ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । बोलिमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि (र, रि, ?, रे, रो, ता, ति, तु, ते)
पारीवारिक साथ सहयोग प्राप्त रहनेछ भने तपाइको अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य यात्राको सम्भाबना रहेकोछ भने मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आय आर्जनका निम्ती समय राम्रो रहेकोछ भएकाले आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थ्यमा समस्या उत्पन्न हुने भएकाले खानपानमा साबधानि उत्तम रहनेछ । आफन्तहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । आफन्तहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आफन्तहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुले गरेका गल्तिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्ने भएकाले सावधानी अप्नानु होला । काममा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाइको बोलीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने भएकाले खानपानमा ख्याल गर्नु होला । आफन्तहरुको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ भने मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।