Fursad Times मंगलबार, जेठ ३१, २०७९

भक्तपुर – मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै कबड्डी ४’लाई भारतको सिक्किम सरकारले प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । फिल्म यही शुक्रबारदेखि सिक्किममा फिल्म प्रदर्शन हुँदै थियो तर फिल्ममा केटी नपाएपछि भिक्षु बनेको भन्दै विवाद भएपछि फिल्म प्रदर्शनमा रोक लगाइएको हो । उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म राज्यमा कबड्डी ४ को प्रदर्शनमा प्रतिबन्ध लगाउने निणर्य गरेको छ,’ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।