Fursad Times सोमबार, जेठ ३०, २०७९

भक्तपुर — नेपालमा ५ हजार भन्दा बढि अमेरिकी सेना गुप्त रुपमा बसेको नेकपा एमालेका सांसद मोहन बानियाँले दावी गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद बानियाँले भने, नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको बताएका छन ।’ बिरोधका बाबजुत पनि नेपालबाट पास भएको एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न चलेखल भइरहेको उनको दाबी छ ।

‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्व स्त पार्दै छौं,’ उनले भने । अमेरिकी सेनाका एसिया प्रशान्त क्षेत्रका प्रमुख ‘चार्ल्स ए फ्लिन’ बिहीबार आफ्नो चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएसँगै नेपाली सेना र अमेरिकी सेनाबीचको सम्बन्धबारे सबैको चासो बढेको छ ।

https://youtu.be/jWfCbNrVg9Y