Fursad Times आइतबार, जेठ २९, २०७९

भक्तपुर – धनुसाकी निहारिका राजपुत काखमा सानो बच्चा च्यापेर साढे दुई वर्षदेखि  न्यायको लागि लडाइ लडि रहेकी छिन  । आफूलाई साथीकै दाइले ०७६ साल कार्तिकमा बलात्कार गरेको उनको आरोप छ।
निहारिकाका अुनसार उनको बलत्कारको समय उनी कक्षा ११ मा पढ्थिन् भने उनको उमेर जम्मा १७ वर्षको थियो । ‘मलाई मेरै साथीले ‘सँगै पढौं’ भनेर बोलाएपछि म पुगेकी थिएँ । पटकपटक उसको दाइले आफुलाई मनपराउँछु भन्दा पनि रेस्पोन्स गरेकी थिइनँ। तर मलाई त्यहीबेला खानेकुरमा नशालु पदार्थ पिलाएर बलात्कार गरियो,’ निहारिकाले भनेकी छिन्।

आफ्नै साथिको दाइबाट बलत्कृत भएको एक महिनापछि आफु गर्भवती भएको थाहा पाएकी उनी निरन्तर न्यायका लागि भौतारिरहेकी छिन् तर उनले अहिले सम्म न्याए पाएकी छैनन । धेरैले बच्चा फाल्न सुझाव दिँदा पनि उनले मानिनन्, एक्लै हुर्काइरहेकी छिन्। कुरामी आमा बनेर बच्चालाई हुर्काइ रहेकी निहारिकालाई हाल कोठा भाडा तिर्न पनि सकस भइरहेको छ। न्यायका लागि उनी प्रहरीहुँदै अदालतसम्म त पुगिन् तर जिल्ला अदालत धनुषाले आरोपीलाई सफाइ दियो । त्यसपछि उनी न्याय खोज्दै काठमाडौं आएकि उनलाई महिला आयोगले पनि सहयोग नगरेको उनको आरोप छ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी उनले चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश छिन्। त्यसैले ‘यो त हद भयो’ भन्दै शुक्रबारबाट उनले न्यायको मागसहित आमरण अनशन नै सुरु गरेकी छिन्। पहिलो दिन काठमाडौंको माइतीघरमा २१ महिनाको बच्चासहित अनशनमा बसेकी थिइन्। तर, रात परेपछि प्रहरीले उनलाई बलजफ्ती त्यहाँबाट उठायो। प्रहरिले बलजफ्ती उनलाई त्यहाबाट हटार पनि उनले हार नमान्दै दोश्रो दिन बसन्तपुरमा उनले अनशन जारी राखेकी छिन्। ‘न्यायको प्रत्याभुति नभएसम्म अनशन तोड्ने छैन,’ निहारिकाले भनिन्।

यी हुन् निहारिकाका मागहरु

१ . मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ। प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो।

२. उच्च अदालतमा चार महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेसी तोकिएको छैन। न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेसी तोकेर फैसला गरिदिनुपर्‍यो। म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो।

३. मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो। जबसम्म मेरा यी मागहरू पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन। त्यतिन्जेलसम्म म मेरो अनशन तोड्ने छैन।

४. मेरो बच्चाको डीएनए टेस्ट गरिनुपर्‍यो। जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो? यसको निष्पक्ष छानबिन हुनुपर्‍यो।

५. घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ। यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्‍यो।