Fursad Times बुधबार, जेठ १८, २०७९

भक्तपुर । अर्थ मन्त्रालयले मंगलबार डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर  घटाउने निर्णय गरेको  छ । अर्थ मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ कर  घटाउन उद्योग,  निर्देशन दिएको छ । पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य पनि समायोजन हुनेछ। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने जानकारी गराएका थिए । निगमले जेठ ९ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। उक्त मूल्य वृद्धिपश्चात अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ भने डिजेल/मट्टीतेल हवाई इन्धनको मूल्य लिटरको १६३ रुपैयाँ  पुगेको छ ।