Fursad Times बुधबार, जेठ १८, २०७९

भक्तपुर – भारतका चर्चित गायक केके (कृष्णकुमार कुननाथ) को मंगलबार कन्सर्ट गर्ने क्रममा अचानक निधन भएको छ । केके कोलकातामा लाइभ शो गर्दै गर्दा अचानक उनको स्वास्थ्य बिग्रियो र उनी बेहोस भएका उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा पुर्‍याउने बितिकै त्यहा डक्टरले उनलाई मृत घोषित गरिएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने भए पनि चिकित्सकले यसलाई हृदयघातका कारण मृत्यु भएको मानिरहेका छन् । भने अर्कोतर्फ, प्रहरीले यस घटनामा असामान्य मृत्युको मुद्दा दर्ता गरेको छ। प्रहरी स्रोतका अनुसार केकेको अनुहार र टाउकोमा चोट देखे पछि प्रहरीले होटलका कर्मचारी र कन्सर्ट आयोजकहरीसँग पनि सोधपुछ गर्नेछ । कोलकाताको प्रसिद्ध विवेकानन्द कलेज सभागृहमा केके को लाइभ कन्सर्ट ३१ मेमा भै रहेको छ । कन्सर्टको भिडियो सार्वजनिक भएको छ जसमा केके निकै निराश र असहज देखिएका छन् । सार्वजनिक भएको भिडियोमा उनी पसिना पुछिरहेका थिए र उनलाई निकै गर्मी महसुस भइरहेको थियो । यही अव्यवस्थाका कारण भीडमा आगो निभाउने ग्यास छर्किएको आरोप छ । यो पनि केकेको स्वास्थ्य बिग्रनुको प्रमुख कारण मानिएको छ ।