Fursad Times आइतबार, जेठ ०८, २०७९

भक्तपुर । सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार तथा यौन दुर्व्यवहारको अभियोगमा प्रहरी हिरासतमा रहेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै अर्कि एक नाबालिग किशोरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जानकारी गराएकी छिन ।
काठमाडौंकी ती नाबालिग किशोरीले प्रहरीसँगको परामर्शपछि पाण्डेविरुद्ध जाहेरी दिएर कानुनी प्रक्रिया जाने तयारी गरेकी छन्।

८ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा आयोजक पाण्डेले आफूलाई बेहोस बनाएर बलात्कार गरेको र ब्ल्याकमेलिङ गरेर ६ महिनासम्म यौन शोषण गरेको भन्दै एक युवतीले भिडियोमार्फत घटना विवरण सार्वजनिक गरेपछि प्रहरीले शनिबार पाण्डेलाई स्वयम्भु क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतकाअनुसार पाण्डे पक्राउ परेपछि ती किशोरी आफै प्रहरी सम्पर्कमा आएकी हुन् । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

https://youtu.be/TRAW1RUgOfo