Fursad Times मंगलबार, जेठ ०३, २०७९

भक्तपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ। यश उपमहानगरपालिकामा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता बढाएका छन् । सिंहले हालसम्म १२,६३५ मत प्राप्त गर्दै गठबन्धनबाट उम्मेदवारी दिएकी मीना कुमारी लामासङ्ग मत अन्तर बढाउदै पहिलो स्थानमा उक्लिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत मीना कुमारी लामाले १०,६६२ मत ल्याउदै दोस्रो स्थानमा रहेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ९२५८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन । हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा सिंहले लामासंग झण्डै २ हजारको अग्रता बनाएका छन