Fursad Times मंगलबार, जेठ ०३, २०७९

भक्तपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ। यश उपमहानगरपालिकामा हाल सम्म २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता बढाएका छन् । सिंहले हालसम्म ८ हजार २६५ मत प्राप्त गर्दै गठबन्धनबाट उम्मेदवारी दिएकी मीना कुमारी लामासङ्ग मत अन्तर बढाउदै पहिलो स्थानमा उक्लिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले ८ हजार ६७ मत ल्याउदै दोस्रो स्थानमा रहेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ५२१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन ।