Fursad Times सोमबार, जेठ ०२, २०७९

भक्तपुर – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । मतपरिणाम पछिल्ले परिणाम अनुसार शाहले ५ हजार २ सय १४ मत सहित निकै अगाडि छन् भने उनलाई कांग्रेसकी सृजना सिंहले ३ हजार ७ सय ४० मतका साथ पछ्याइरहेकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित हजार ८ सय ३३ मत साथ तेस्रो नम्बरमा छन्।

उता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल ३ हजार ३ सय ८४ मत साथ निकै अगाडि छन्। गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत पाएका छन्। यस्तै राप्रपाकी उम्मेदवार बिनिता मगैयाल ७ सय ६० मत पाउँदा विवेकशील साझाका कीर्ति तुलाधरले १ सय ५७ मत पाएकी छन्