Fursad Times शुक्रबार, आषाढ १२, २०७७

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १२ गते शुक्रबार इश्वी सन २०२० जुन २६ तारीख आषाढ शुक्लपक्ष पञ्चमी तिथी प्रातः ६ः५६बजे सम्म पश्चात षष्ठी तिथी मघा नक्षत्र ११ः ५५ बजे सम्म पश्चात पूर्वफाल्गुनी नक्षत्र वज्र योग पश्चात सिद्धि योग बालव करण पश्चात कौलव करण चन्द्रंमा सिहं राशिमा आनन्दादि योगमा काण योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु विश्व लागु पदार्थ ओसार पसार विरुद्धको दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाइका प्रतिश्पर्दीहरु बढी रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । तपाइले बिश्वास गरेका ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुने भएकाले सामान्य खर्च हुने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्यको थालनिले मन प्रशन्न रहला साथै अध्यन अध्यापनमा समय उत्तम रहेको छ । आज तपाईंको आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने भएकाले सावधानी अप्नाउनुभोला । अनावश्यक खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ भने तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रेम सम्बन्धमा सुधार आउनेछ । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । आफन्तहरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ भने तपाइले नजिक सम्झेका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोलिको प्रभाबको कारण आफन्त तथा साथिभाइको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आए पनि मनमा भने सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक आलस्यले सताए पनि निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । भौतिक शुःख साधन प्राप्त हुनेछ । हराएका धनमाल प्राप्ति होला । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाइको प्रेम सम्बन्धमा मनमुटावा होला । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । सामान्य क्षति हुने सम्भावना छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । मित्रजन तथा आफन्तको सहयोग प्राप्त हुनेछ । सामान्य झन्झट आईपर्ला साथै आज तपाइको धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ ।मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउलाने भएका कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । विस्वास गरेका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।