Fursad Times शनिबार, बैशाख ३१, २०७९

डडेल्धुर । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।

चुनाव अगाडि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको कांग्रेसले नजिते बजेट नपठाउने भन्ने धम्कीका बाब्जुत पनि कांग्रेसका उम्मेदवार पराजित भएका छन । कांग्रेस बिपीबाट उम्मेदवार बनेका भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याए । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न लिएर चुनाव लडेका थिए ।