Fursad Times शनिबार, बैशाख ३१, २०७९

भक्तपुर । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् ।

स्वतन्त्रबाट काठमाडौंमा मेयरको उम्मेदवारी दिएका शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

अहिलेसम्मका मतगणना अनुसार बालेनले १३० मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले १०३ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ९५ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन्