Fursad Times शनिबार, बैशाख २४, २०७९

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलिले आज सुनसरीको धरान, इटहरी, मोरङको विराट चोक, र इनरुवामा सभालाई सम्बोधन गर्नेछन।

ओलिले यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् भने उनले आइतबार राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन। त्यसपछि भने उनी रुपन्देहीको बुटवल जानेछन्।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधुप बढेको छ। उनले स्थानीय तहमा फेरि पहिलो दल हुने दाबी गर्दै आएका छन् ।

https://youtu.be/8trqBeYV38E