Fursad Times सोमबार, बैशाख ०५, २०७९

अभिनेता पल शाहमाथि लागेको जबवबरजस्ति कर णीको मुद्दाले नयाँ मोड लिएको छ। जिल्ला अदालत तनहुँमा आइतबार पीडित नाबालिग गायिका र जाहेरवाला उनका बुवाले अभिनेता शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो। अभिनेता पल शाहले आफूमाथि प’ट’कप’ट’क कर णी गरेको आरोप लगाएकी नाबालिग गायिकाले अदालतले बयान लिने क्रममा बयान फेरेकी हुन्।

पिडित भनिएकी नाबालिक गायिकाले आइतबार जिल्ला अदालत तनहुँमा बयान दिने क्रममा आफूले द’बा’बमा जाहेरी दिएको र प्रहरील आफैँले बयान लेखेको समेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ। पलले आफूमाथि कर णी नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको तर आफ्नो बयान भनेर अदालतमा बुझाएको उनको दाबी रहेको छ । बुबाको जाहेरीपछि पीडितले ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ता दिँदा समेत अभिनेता शाहले आफूमाथि कर णी गरेको बताएकी थिइन्। अदालतमा बयान फेरिपछि नाबालिग ‘होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ।

पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ भने पीडित माथि नै कारबाही हुन सक्ने सम्भावना प्रशस्त उदाहरण छन्।’

यसअघि जिल्ला अदालत अछामले कर णीकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ। यस्तै त्यसको केही दिनपछि जिल्ला अदालत दैलेखले पनि पीडकलाई सफाइ दिँदै पीडितलाई नै तीन महिना कैद सजाय तोकेको थियो। त्यसैले यो घटनामा पनि ुोहि अनुसार सजाय तोकिन सक्ने कानुन व्यवसायी बताउँछन्। तर यो न्यायाधीशको विवेकमा भर पर्छ।

https://youtu.be/gK29IdeoTbc