Fursad Times बिहिबार, बैशाख ०१, २०७९

भक्तपुर – पछिल्लो समय नेपालमा बालबालिकाहरु आफन्तबाट नै असुरक्षित हुने गरेका छन् । नेपालको पछिल्लो तथ्यांक हेर्ने हो भने प यस्ता घटनाहरु दिन प्रतिदिन घटिरहेका छन् । यसै क्रममा पाँचथरमा फेरी एउटा दुःखद घटना घटेको छ । पाँचथरमा आफ्नै बाबुले १२ वर्षीया छोरीलाई कर*णी गरेको घटना बाहिरिएको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिका ५ मा ४३ वर्षीय बाबुबाट १२ वर्षीया बालिका कर*णी भएकी हुन् । यो घटना चैत २७ गते दिउँसोको हो । घरमा कोही नभएका बेला मौका छोपी बाबुले आफ्नै छोरीलाई कर*णी गरेका थिए । उक्त घटना बालिकाले आमालाई भने पछि बालिकाकी आमाले मंगलबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी राकेश थापाले जानकारी दिए । किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ भने कर णीको आरोप लागेका बाबु फरार छन् ।

https://youtu.be/vbEfTc9UQt4