Fursad Times शनिबार, चैत्र २६, २०७८

भक्तपुर , नेपाल आयल निगम निरन्तर घाटामा जाँदा पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । अहिलेको अवस्थामा नेपाल आयल निगमसंग पेट्रोलियम पदार्थ खरिदका लागि २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात गर्न सकिने सम्भावना छैन।

नेपालले पेट्रोलियम पदार्थ आयत गर्दा भारतीय आयल कर्पोरेसन (आईओसी) लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने अवस्था सृर्जना भै सकेकाले पेट्रोलियम पदार्थको आयतमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए ।

‘अप्रिल २३ तारिखमा यदि आइओसीलाई १४ अर्ब जति नबुझाएमा पेट्रोलियम पदार्थ सहज तरिकाले आपुर्ति नहुने देखिएको छ । अहिलेसम्म मूल्य स्थिरिकरण कोषमा २५ करोड रुपैयाँ मात्रै बाँकी भएको र अन्त कतै पनि कुनै कोषमा रकम बाँकी नरहेकाले पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा निगम पुगेको छ, अर्को महिनादेखि नै समस्या पर्ने देखिएको छ ।

 

https://youtu.be/u6-pYSClVxA