Fursad Times शनिबार, कार्तिक २०, २०७८

भक्तपुर – यो वर्षको भाइटीका आज २० गते शनिबारका दिन परेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको सबैभन्दा महत्वपूर्ण दिन हने । नेपाल पंचाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । शुभसाइतमा टीका लगाउनु शुभ हुने विश्वास गरिन्छ ।

यद्यपि शुभ साइत ११ बजेर २ मिनेट रहे पनि आज दिनभरि नै टीका लगाउन सकिने समितिले बताएको छ । साथै नेपालबाहिर विभिन्न देशमा बसेका नेपालीहरुले भाइटीका लगाउँदा त्यहाँको समयअनुसार साइत निर्धारण समेत गरिएको छ ।