Fursad Times सोमबार, कार्तिक १५, २०७८

भक्तपुर – नेपाली सेयर बजारमा विभिन्न कम्पनिहरुले आईपियो धामाधम निस्कासन गरि रहेका छन । कुनै कम्पनिले अंकित मूल्यमा सेयर निस्कासन गरि रहेका छन भने त कुनै कम्पनीले बूक बिल्डिङ्ग मार्फत निस्कासन गर्ने तयारी गरिरहेका छन त कुनैले प्रीमियमम । फेरि एउटा अर्को कम्पनिले अंकित मूल्यको पनि आधामा मूल्यमा सर्वसाधारणको लागि साधारण सेयर अर्थात आईपिओ निस्कासन गर्ने भएको छ

हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणको लागि साधारण सेयर अर्थात आईपीओ जारी गर्ने भएको छ । यस कम्पनिले सेयर निष्काशन गर्न ग्लोबल आईएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरका कूल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । सर्वसाधारणको लागि आईपियो जारी गर्न लागेको यस कम्पनिले कहिले आईपिओ निस्कासन गर्छ भनेर समय भनी तोकि सकेको छैन ।

https://youtu.be/MYFNuEueE7k