Fursad Times बिहिबार, आषाढ ११, २०७७

आज २०७७ साल असार ११ गते विहीबार । आजको राशिफल यस्तो छ ।

मेष – ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कडा मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ।

बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अतिथिका रूपमा सत्कार पाइनेछ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ ।आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। सरसापटमा धन बाहिरिने देखिन्छ । आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ।

कर्कट – ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफुले लिएको निर्णय पनि शंका गर्ने बानीले पछि परिनेछ।विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। तपाईंको आफ्नै महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। तपाइलाई अरुले आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्नेछन। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । हतारमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ भने आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।

बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने भएकाले जटिल काम समेत सम्पादन हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। तपाइका दुश्मनहरूले पनि मित्रताका लागि हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्त तथा साथिभाईबाट टाढिनुपर्ला परिस्थिति आउन सक्छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लोभमा पर्नाले फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला भने यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने भएकाले आफ्नो बुद्धि–विवेकले काम गर्नु होला । सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। स्वास्थ्य भने सामान्य समस्या आउन सक्छ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। तपाइको मेहनतले पदीय जिम्मेवारी दिलाउने भएकाले मन प्रफुल्लित हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ।
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ भने कामको तारिफ हुनेछ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ।