Fursad Times सोमबार, कार्तिक ०१, २०७८

मध्यभोटेकोशी हाइड्रोपावर कम्पनिको आईपिओ बाँडफाँड कहिले ? कति आवेदकले पाउनेछन त आईपिओ अनि कति आवेदकको हुनेछ त हात खाली ?

असोज २० गते देखि सर्वसाधारणको लागि साधारण सेयर (आईपिओ) निस्कासन तथा बिक्री गरेको मध्येभोटेकोशी हाइड्रोपावर कम्पनिको सेयर कहिले बाँडफाँड होला भनेर सबै लगानिकर्ताको चासोको बिषय बनेको छ । दशै अगाडि यस कम्पनिले सर्वसाधारणको लागि ९० कोरोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर ( आईपिओ ) निस्कासन तथा बिक्री गरेको थियो ।

कम्पनिको आईपिओमा २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ताको लागि आवेदन परेको छ जुन माग भन्दा ४.५६ गुना बढी हो । कम्पनिले निस्कासन गरेको कुल आइपियो मध्ये ४ प्रतिशतले हुन आउने ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशत हुन आउने ४ लाख ५० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएर बाकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।

दशैको मुखमा आइपियो निस्कासन गररेको मध्ये भोटेकोशी जलविद्युत आयोजनाको आईपिओ माग भन्दा धेरै आवेदन परेको हुनाले यस कम्पनिको आईपियोको बाँडफाँड गोलाप्रथाबाट हुनेछ भने कम्पनिको आईपिओ पाउन लगानिकर्ताले भाग्यकै भरमा पर्नु पर्ने भएको छ ।

कम्पनिको धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमईले कहिले कम्पनिको आईपिओ बाँडफाँड हुन्छ भनेर कुनै जानकारी दिएको भने छैन । दशै अगाडि आइपियो निस्कासन गरेको यस कम्पनिको आईपियो सम्भवत यसै महिनाको दोस्रो सात हुने अनुमान गरिएको छ ।

https://youtu.be/LnGZXwXGAPo