Fursad Times मंगलबार, आश्विन ०५, २०७८

भक्तपुर – नेपाली सेयर बजारमा अहिले विभिन्न कम्पनिहरुले धमाधम आइपियो जारी गरि रहेका छ । आइपियो जारी गर्नेमा हाइड्रोपावर कम्पनीहरु पनि अग्र पंक्तिमा आउछन । असोज छ गरे साहस उर्जाले आइपियो जारी गर्दै छ भने असोज ११ गते बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपियो जारी गर्दा छ । सर्वसाधारणका लागि आइपियो जारी गर्न लागेको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड कस्तो कम्पनी हो र आइपियोमा कति कित्ता आवेदन दिने ?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ । भने बाकी रहेकी कुल ८ लाख कित्ता सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २ प्रतिशतले हुन आउने १६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाकी रहेको बाँकी ७ लाख ४४ हजार कित्ता सेयरका लागि । सर्वसाधाले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपियोमा सर्वसाधारणले असोज ११ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ता सम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।

कम्पनीको आइपियो निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

https://youtu.be/RLm_TIB7cmY