Fursad Times मंगलबार, आषाढ ०९, २०७७

भक्तपुर। धेरै पहिले देखि नै चर्चाको बिषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तत खारेज हुने भएको छ । यही असाढ १५ गते भित्र संसदबाट अनुमोदन गरिसक्नु पर्ने एमसीसी अन्ततः अनुमोदन नहुने भएको छ। मंगलबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असाढ १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन नभइ खारेज हुने देखिएको हो।

करिब ५५ अर्ब रुपैयाँ बरारको अमेरिकी सहयोग हुने एमसीसी जसरी पनि अनुमोदन गराउने पक्षमा रहेका प्रधानमन्त्री केपी ओलीलाई सभामुख सापकोटाले सभामुखको शक्ति देखाई दिएका छन् । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपामै विवाद थियो । विवाद र चर्चामा रहेको एमसीसीको नेकपामा बहुमत सदस्यहरुने नै विरोधमा गरेका थिए भने प्रधानमन्त्री ओली जसरी पनि अनुमोदन गर्ने पक्षमा थिए। तर, संसदबाट अनुमोदन गर्नुपर्ने अन्तिम म्याद असाढ १५सम्म थियो। त्यसअघि संसद बैठक नबस्ने भएकाले एमसीसी फेल हुने देखिएको हो।