Fursad Times बुधबार, भाद्र ०९, २०७८

भक्तपुर । नेपाली सेयर बजारमा एक पछि अर्को कम्पनिले आइपियो निस्कासन गरि रहेका छन । त्यस्तै आइपियोमा आवेदन दिन लगानी कर्ताहरु पनि दिनानुदिन रुपमा बढी रहेका छन । त्यसतैमा तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आज भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।

यस कम्पनिले कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याउदा ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ । किनकी आवेदकको सख्या ठूलो भएकाले आइपियोको बाँडफाँड गोलाप्रथा बाट गर्नु पर्ने हुन्छ भने १० कित्ता आइपियो पाउन लगानिकर्तालाई भाग्यकै भर पर्नु पर्ने हुन्छ ।

 

https://youtu.be/x2S51N4R2PE