Fursad Times सोमबार, भाद्र ०७, २०७८

https://youtu.be/CUYH3HMTVpo

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड शेयर एसबिआई क्यापिटलको केन्द्रीय कार्यालयमा आज (भदाै ७ गते, साेमबार) बिहान ८ः३०  भएकाे छ । कम्पनिको आईपीओकाे प्री-अलाेटमेन्ट भदाै ३ गते, बिहीबार सम्पन्न भएकाे थियाे भने आज सर्वसाधारणका लागि जारी गरिएको सेयरको बाँडफाँड भएको छ । लघुबित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गर्दै बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

कम्पनिको आइपियोमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका थिए जुन माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुँदा ३६ हजार ८ सय ५९ जनाले १०/१० कित्ता सेयर पाउन सफल भए भने बाँकी २३ लाख बढी आवेदककाे हात खाली भयो ।
आईपिओको निष्काशन रिजल्ट www.iporesult.cdsc.com.np , यस.बि.आई. मचेन्ट एण्ड बैंकिङ्गको वेभसाईट तथा स्वयं मानषी लघुवित्तको अफिसियल वेभसाईट मार्फत हेर्न सकिने छ ।