Fursad Times आइतबार, भाद्र ०६, २०७८

https://youtu.be/zqKcFLU4Sko

भक्तपुर – नेपाली सेयर बजारमा अहिले आइपियो निस्कासनको होडबाजी नै चलेको छ । यस्तैमाश्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ जारी गर्ने तयारी थालेकाे छ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आइपियो निष्कासन तथा बिक्री गर्न सानिमा क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नियुक्ती सम्बन्धी सम्झौतापत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन् कम्पनीको जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत हुन आउने कुल ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता सेयर श्वेतगंगाले आयोजना प्रभावित स्थानीय, सर्वसाधारण तथा कर्मचारीलाई बिक्री गर्न लागेको हो ।

हाल श्वेतगंगाले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सीमाना भएर बग्ने लिखु नदीको बहाव प्रयोग गरी २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यश कम्पनीले आइपीओ बिक्रीका लागि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । धितोपत्र बोर्डमा आवेदन दिई स्वीकृति पाएपछि मात्र आइपीओ जारी हुन्छ ।