Fursad Times बिहिबार, भाद्र ०३, २०७८

https://youtu.be/pfZY2pXAnTI

भक्तपुर – मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासो मेटाउने हामीले यो रिपोर्ट तयार पारेका छौ ।

यश संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजयस रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कुल आइपियो मध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको थियो भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार मगलबारसम्म शंकास्पद आवेदकहरूकाे छनाेट गरेर डाटा भेरिफिकेसनकाे काम बुधबारसम्म सक्याएर प्री-अलाेटमेन्ट बिहिबार गर्ने तयारी गरिएकाे छ । त्यसैले, सिडिएस र बाेर्डकाे अनुमति पाएमा सम्भवत: आइतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेकाे क्यापिटलले जनाएकाे छ ।

आइपियो निस्कासनको अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।

यसर्थमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मानि अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र१० कित्ताले सेयर पाउने छन् भने बाँकी २३ लाख ६६ हजार बढी आवेदककाे हात खाली हुनेछ ।